सार्वजनिक यातायात सञ्‍चालन हुने ! उपत्यकामा तीन जिल्ला र अन्त एक जिल्ला मात्रै

बैंकिङ खबर । सरकारले सार्वजनिक यातायात सञ्‍चालन गर्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराए । काठमाडौं उपत्यकामा तीन जिल्लाभित्र तथा बाहिर एक जिल्लाभित्र चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार सरकारले लामो दूरीको सार्वजनिक यातायात भने बन्द नै गर्ने निर्णय यथावत् राखेको छ ।