July 9th, 2020

सिद्धार्थ बैंक र IMS Software बीच बिलिङ तथा भुक्तानी सम्झौता

बैंकिङ खबर ।  सिद्धार्थ बैंक लिमिटेडले २०७७ आषाढ २४ गते बुधबार IMS Software Pvt. Ltd. सँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र IMS Software Pvt. Ltd.  का तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता पश्चात् बैंक र IMS Software Pvt. Ltd. (IMS) विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य IMS द्धारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिकता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल (POS Terminal) र QR कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ । यसै गरी, IMS ले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ । तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]