Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रा.वा. बैंक कर्मचारी संघको २७ औं वार्षिकोत्सव : रक्तदानदेखि एक छाक भोजनसम्म 

admin २०७३ श्रावण ६ गते
सेयर:

rbb 1राष्ट्रिय वाणिज्य कर्मचारी संघ नेपालको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरेर शुरु भएको रक्तदान कार्यक्रममा  ६५ जना बैंक कर्मचारीहरुले रक्तदान गरे । 

वार्षिकोत्सव कार्यक्रमको अवसरमा संघले शान्तिनगरस्थित निसहाय सेवा सदनका ४० जना बृद्ध बृद्धाहरुलाई एक छाक भोजन समेत गरायो । त्यस्तै, वार्षित्सबकै अवसरमा संघको केन्द्रिय कार्यालय सिंहदरवार प्लाजमा आयोजना भएको तातो आलु कार्यक्रममा प्रथम रिता शाक्य, द्धितियसीता थापा, तृतीय दुर्गा घिमिरे भए । विजयीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । त्यसैगरी, बैंक सेवाबाट निवृत भएका संघका ३० जना आजिवन सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पेसागत महासंघका अध्यक्ष एवं नेकपा एमालेका केन्द्रिय सदस्य विश्वनाथ प्याकुरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 

रा.वा. बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेदबहादुर लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घाटन मन्तब्य दिदै महासंघका अध्यक्ष प्याकुरेलले संविधानले श्रमिक अधिकार प्रत्यायोजन गरि सम्पूर्ण नेपाली श्रमिकले संवैधानिक अधिकार प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

rbbराष्ट्रिय वाणिज्य बैंक भित्रका सवैभन्दा जेठो ट्रेड यूनियन रा.वा. बैंक कर्मचारी संघ नेपालले बैंक कर्मचारीहरुको पेसागत हकहीत, सुरक्षा र बैंकको ब्यवसायिक सुद्धिढीकरणको लागि जोडदार आवाज उठाउदै आईरहेको छ । सघंले हरेक वर्ष साउन ६ गतेलाई आफ्नो वार्षिकोत्सवको रुपमा मनाई  देशभरी रहेका आफ्ना अन्य ६ वटा क्षेत्रीय समितिले समेत विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।