July 7th, 2020

बैंकहरुलाई ब्रोकर लाइसेन्स दिइने

बैंकिङ खबर । बैंकलाई ब्रोकर लाइसेन्स दिने गरि संघीय संसदको अर्थ समितिले प्रतिवेदन तयार गरेको छ । सांसद रामकुमार झाँक्रीको नेतृत्वमा गठन भएको उपसमितिले प्रतिवेदन तयार गरेको हो । बैंकलाई ब्रोकर लाइसेन्स दिने गरि संघीय संसदको अर्थ समितिले प्रतिवेदन तयार गरेको छ । अर्थ समितिले झाँक्रीको नेतृत्वमा रामबाबु यादव, प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले अध्ययन प्रतिवेदन तयार गरेको हो । यसअद्धि असोज २९ गते भित्र प्रतिवेदन बुझाउने भनिएको थियो । लकडाउन र त्यस अघिको समय गरी ९ महिना ढिला उपसमितिले प्रतिवेदन तयार गरेको छ । बैंकर्स संघले वाणिज्य बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिन माग गरेकधा थिए । नेपाल राष्ट बैंकले पनि वाणिज्य बैंकलाई शेयर कारोबार गर्न मौद्रिक नीतिमा सहमति दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]