कञ्चन डेभलपमेन्ट बैंकको विशेष साधारण सभा सम्पन्न

बैंकिङ खबर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको “सुदुरपश्चिमको आर्थिक बिकासको सहयात्री” कञ्चन डेभलपमेन्ट बैंकको विशेष साधारण सभा आज मिती २०७७ आषाढ २१ गते आईतबार होटेल ओपेरामा बर्तमान परिस्थितीलाई मध्यनजर गर्दै कोभिड –१९ को संभावित संक्रमणवाट बच्ने आवश्यक सुरक्षात्मक सामाग्रीहरु अवलम्बन गर्दै सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको सभापतित्वमा सम्पन्न भएको छ । सभाको सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विरुराम जैशीले गर्नु भएको थियो । स्वागत मन्तब्य सञ्चालकज्यु हिक्मत बहादुर शाहले गर्नुभएको थियो । एनएमबि बैंक लिमिटेडको १०० कित्ता शेयर बरावर कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरुलाई ८५ कित्ता शेयर प्रदान गर्ने शेयर मुल्य अनुपात (क्धबउ च्बतष्य) १००ः८५ अनुपातका दरले एनएमबि बैंक लिमिटेडसंग प्राप्तीमा जाने र उक्त क्रममा आवश्यक अन्य प्रस्तावहरु सहित सञ्चालक समितिको तर्फवाट अध्यक्ष शिव सिंह कार्कीले पेश गर्नु भएका सबै प्रस्तावहरु विशेष साधारण सभामा सर्वसम्मतीवाट पारित गरीएको छ ।
सो कार्यक्रममा भुवनेश्वरी रावल, जगदीश बहादुर पाल, पुर्व सञ्चालक कृष्ण प्रसाद पाठक, लक्ष्मी दत्त बोहरा, जय बहादुर चन्द, प्रेम बहादुर चन्द र धर्मराज जोशीले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
सञ्चालकहरुको तर्फवाट भरत बहादुर रोकाया, विष्णु सिंह विष्ट र खगेश्वर वोहराले आ–आफ्नो भनाई राख्नुका साथै उपस्थित् सम्पुर्ण शेयरधनीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने अध्यक्ष शिव सिंह कार्कीले दशकौं सम्म कञ्चन डेभलपमेन्ट बैंकलाई सुदुरपश्चिममा सक्षम बनाउन पुर्ण सहयोग गरेकोमा सम्पुर्ण शेयरधनीहरुलाई धन्यवाद ज्ञापन गर्दे बैंक एउटा राष्ट्रिय स्तरको सवल बैंकसंग प्राप्तीमा जाने भएकाले बर्तमान परिस्थिती, आर्थिक अवस्था र समय मुताविक सबैको हितमा भएको प्रस्ट पार्दै सभाको औपचारिक समापन गर्नुभयो ।