सेन्चुरि बैंक मेल्लेख शाखाद्धारा गरिब तथा जेहन्दार बिद्यार्थीलाई झोला बितरण

बैंकिङ खबर । सेन्चुरि कम्मर्सियल बैंक मेल्लेख शाखाले मेल्लेख गाउपालिका अन्तर्गतका ३८ बिद्यालयका ७६ जना बिद्यार्थीहरुलाई झोला बितरण गरेको छ । बैंकको संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई झोला बितरण गरिएको बैंकका मेल्लेख शाखा प्रबन्धक ललित ताम्राकारले बताउनु भएको छ । गरिब तथा उतकृष्ट बिद्यार्थीलाई मेल्लेखका आठै वडाबाट बिद्यार्थीलाई छनौट गरि बितरण गरिएको प्रबन्धक ताम्राकारले बताउनुभएको हो । बिद्यार्थीहरुलाई सहयोग पुग्ने गरि उनिहरुको उच्च मनोबल बृद्धि गर्नका साथै शैक्षिक गुणस्तर बृदिमा सहयोग पुग्ने गरि कार्यक्रम आयोजना गरीएको उहाको भनाइ छ । यसरी मेल्लेख शाखाको सेन्चुरि कम्मर्सियल बैंकक ले गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाइ झोला बितरण गरेकोमा मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले बैंक लाई धन्यवाद दिदै आगामि बर्ष पनि यस्ता खालका कार्यक्रम ल्याउन पर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खड्का, पुर्ब शिक्षा शाखा सयोजक कालुसिह बोहोरा लगायत बैकका सम्पूर्ण कर्मचारीको सहभागिता रहेको थियो ।