Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

लकडाउन अवधिभरको घरभाडा र बैंकको व्याज छुट माग गर्दै प्रदर्शनी

२०७७ असार १९ गते

बैंकिङ खबर । लकडाउन अवधिभरको घरभाडा छुट र बैंकको व्याज छुट माग गर्दै कोरोना पीडित संघर्ष समितिले ललितपुरमा प्रदर्शन गरेको छ । ललीतपुरको लगनखेलमा भएको प्रदर्शनमा लकडाउन अवधिको घरभाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने माग गरिएको छ । उनीहरुले लकडाउन अवसिभरको विद्यालय शुल्क तथा करको पनि छुट माग गरेका छन् । सुकुम्बासी, विद्यार्थी र बेरोजगारलाई राहत दिनुपर्ने तथा सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्नुपर्ने पनि माग गरिएको छ ।