July 3rd, 2020

असार मसान्तमा भुक्तानी गर्न नसक्ने ऋणीलाई के हुन्छ ? राष्ट्र बैंक मौन अबस्थामा !

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षको मौद्रिक नीति ल्याउनु अघि बैंकिङ ऋणीहरुलाई खासै सहुलीयत प्याकेज ल्याउने लक्षण देखिएको छैन । असार मसान्तका कारण बैंकको ऋण किस्ता, साँवा र व्याज भुक्तानीको मिति केही पर सार्न विभिन्न नीजि क्षेत्रलले दवाव दिँदै आएका छन् । सरकार यस सम्बन्धमा मौन छ । नेपाल राष्ट्र बैंक नयाँ मौद्रिक नीतिको तयारीमा जुटेको छ । जसले गर्दा असार मसान्तमा ऋण तिर्न नसक्नेका लागि कस्तो सुविधा हुन्छ भन्ने बारे राष्ट्र बैंकले खासै केही निर्णय गरीसकेको छैन । यसअघि नेपाल राष्ट्र बैंकले ऋणीहरूका लागि चैत मसान्तसम्म तिर्नुपर्ने ऋणको साँवा र व्याज असार मसान्तसम्म तिर्न सकिने नीति ल्याएको थियो । राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिने निति पनि अघि सारेको थियो । राष्ट्र बैंकले असार मसान्तका बारेमा नयाँ निर्णय गरेको छैन । असार मसान्त आउनै लागेको छ । जसकारण ऋणीहरू व्याज तिर्न के गर्ने भन्ने अन्यौलमा छन् । धेरैले ब्याज छुटको आशा गरेका छन् । तर असार मसान्त अघि के गर्ने भन्नेबारे राष्ट्र बैंकनै अन्यौलमा छ । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट केही सहुलीयत घोषणा गर्ने यस अघि नै गभर्नर महाप्रसाद अधिकारीले बताइसकेका छन् ।

मौद्रिक नीति साउन पहिलो साता ल्याउने तयारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शले समेत राष्ट्र बैंकलाई व्याज छुट दिन अनुरोध गर्दै आएका छन् । मौद्रिक नीतिले सहुलियतको विशेष प्याकेज ल्याउनु पर्ने निजी क्षेत्रको माग छ । व्यबसायीहरु बैंकको व्याज र किस्ताका विषयलाई लिएर चिन्तित हुन थालेका छन् । व्यबसायीहरु असार मसान्तका कारण बैंकको व्याज, किस्ता तथा साँबा भुक्तानी गर्नुपर्ने अबस्थामा छन् । कोरोनाका कारण व्यापार व्यबसाय तथा उद्योगहरु भने खासै संचालन हुन सकेका छैनन् । असार १ गतेबाट केही खुकुलो भएको लकडाउनमा पनि व्यासाय राम्ररी सूचारु हुन सकेको छैन । जस कारण आम्दानी नहुँदा पनि बैंकको व्याज बुझाउनुपर्ने अबस्थाले व्यबसायीहरु चिन्तित बनेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]