बैंकिङ खबर । बेष्ट फाइनान्सको २३ औं बार्षिक साधारण सभा आज बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न सभाले आ.ब. २०७५/७६ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरणमाथि छलफल गरि पारित गरेको बताइएको छ । आ.ब. २०७६/७७ का लागि लेखा परिक्षकको नियूक्ती गर्नूका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरु क्रमशः अमिरध्वज प्रधान र दिपक ढकालको बांकी कार्यकालको नियूक्तीलाई समेत अनूमोदन गरिएको प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताउनुभयो ।
साधारण सभामा शेयरधनीहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ तथा जानकारी संस्थाका अध्यक्ष अमिरध्वज प्रधान र संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारीले प्रष्ट पार्नुभएको जनाइएको छ ।
