July 1st, 2020

बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई नयाँ निर्देशन जारी

बैंकिङ खबर । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई  नयाँ निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्ति अनुसार ब्याक डेटको मितिमा बीमा पोलिसी जारी गर्दा अधिकतम एक आर्थिक वर्षको गर्नुपर्ने, बीमालेख धितोमा ऋण प्रवाह गर्दा बीमालेख जारी भएको दुई वर्ष पूरा गर्नुपर्ने, एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि मात्रै ऋण तथा समर्पण मूल्य पाउने व्यवस्था गर्न गराउन निर्देशनमा भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]