July 21st, 2016

बुटवर पावर कम्पनीको पौने २ लाख कित्ता शेयर बोलकबोलबाट

bpcबुटवल पावर कम्पनी लिमिटेडले पौने २ लाख कित्ता शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्दा विक्रि नभएको १ लाख ८८ हजार कित्ता सेयर बोलकबोलबाट बेच्न लागेको हो । कम्पनीले सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसमा थपेर बोलकबोलमा भाग लिन पाउँछन् । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख ८८ हजार ९ सय ३० कित्ताकै लागि आवेदन दिन पाउनेछन् । यो कम्पनीको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटल हो । साउन २१ गते देखि २६ गतेसम्म सेयर भर्न पाउने र साउन २७ गते सेयर बाँटफाट गर्ने जानकारी एनएमबी क्यापिटलले दिएको छ ।