June 30th, 2020

दुईवटा राष्ट्रिय स्तरका विकास बैंकहरु विलयको अन्तिम संघारमा

बैंकिङ खबर । विकास बैंकहरु गाभिने क्रममा दुईवटा विकास बैंकहरु छिट्टै विलयको संघारमा छन् । राष्ट्रिय स्तरको गण्डकी विकास बैंक असार २१ गतेदेखि मेगा बैंकमा औपचारिक रुपमै गाभिँदै छ । असार २१ गतेबाट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुँदै छ । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । गण्डकीलाई प्राप्तिपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड हुनेछ । त्यसैगरी राष्ट्रिय स्तरको अर्को विकास बैंक देव विकास बैंक पनि कुमारी बैंकमा विलय हुँदै छ । देव विकास बैंक गाभिएपछि कुमारी बैंकको नामबाट असार २८ गतेबाट एकीकृत कारोबार सुरु हुने छ । एकीकृतपछि कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड हुनेछ । विकास बैंकहरु मर्जरपछि विलय हुने क्रम जारी रहेका बेला यी दुई राष्ट्रिय स्तरका विकास बैंक वाणिज्य स्तरका बैंकमा विलय हुन लागेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]