Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

दुईवटा राष्ट्रिय स्तरका विकास बैंकहरु विलयको अन्तिम संघारमा

२०७७ असार १६ गते

बैंकिङ खबर । विकास बैंकहरु गाभिने क्रममा दुईवटा विकास बैंकहरु छिट्टै विलयको संघारमा छन् । राष्ट्रिय स्तरको गण्डकी विकास बैंक असार २१ गतेदेखि मेगा बैंकमा औपचारिक रुपमै गाभिँदै छ । असार २१ गतेबाट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुँदै छ । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । गण्डकीलाई प्राप्तिपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड हुनेछ । त्यसैगरी राष्ट्रिय स्तरको अर्को विकास बैंक देव विकास बैंक पनि कुमारी बैंकमा विलय हुँदै छ । देव विकास बैंक गाभिएपछि कुमारी बैंकको नामबाट असार २८ गतेबाट एकीकृत कारोबार सुरु हुने छ । एकीकृतपछि कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड हुनेछ । विकास बैंकहरु मर्जरपछि विलय हुने क्रम जारी रहेका बेला यी दुई राष्ट्रिय स्तरका विकास बैंक वाणिज्य स्तरका बैंकमा विलय हुन लागेका हुन् ।