कामना सेवाको अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

बैंकिङ खबर । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षालाई ध्यानमा राख्दै मिति २०७७/०३/१४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फतअनलाईन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिककर्जा लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।