बैंकिङ खबर । बैंकिङ कसुरमा बाँके प्रहरी कार्यालयले राष्ट्रिय वाणिज्य बैैंकका कर्मचारीलाई पक्राउ गरेको छ । बाँके त्रिभुवन चोकका शाखा प्रबन्धक रहेका ललितबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण एक सुन व्यवसायी रिजवान अहमद जसगढको मुद्दाको अनुसन्धानमा उनी पक्राउ परेका हुन् । जग्गाधनी प्रमाणपत्र, ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षर सम्पूर्ण कार्य किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा सुनचाँदी व्यवसायी जसगढ पक्राउ परेका थिए । उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो ।
