बैंकिङ खबर । आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै मोराङ व्यबसायी संघले तरलता अनुपातलाई घटाउन तथा उत्पादित वस्तुलाई नै धितो राखेर कर्जा उपलब्ध गराउने व्यवस्था माग गरेका छन् । सघले संघले क्रेडिट रेटिङको शुल्क अधिकतम ५ लाख मात्रै हुनुपर्ने, बैंकहरूले प्रवाह गर्ने कर्जाको कम्तीमा ५० प्रतिशत कर्जा उत्पादनमूलक उद्योगमा सरल तरिकाले लगानी गर्नुपर्ने, बैंकिङ क्षेत्रको स्प्रेड दरलाई अधिकतम ३.५ प्रतिशत कायम गरिनुपर्ने, ‘सबै औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि कर्जा र पुनर्कर्जामा बढीमा ५ प्रतिशतको ब्याजदर निर्धारण गरीनुपर्ने र सोको भुक्तानी म्याद कम्तीमा ३ वर्षदेखि ५ वर्षसम्म हुनुपर्ने माग गरेको छ ।