June 22nd, 2020

कोरोना बिपत्तिमा लघुवित्त : नाफा घट्नेदेखि जोखिम बढ्नेसम्म !

गौतम थापा /
२०७६ चैत्र ११ गते देखी लकडाउन भएसंगै जेष्ठ मसान्त सम्म लघुवित्तको असुली बन्द नै देखीयो । असार महिना सुरु भएयता लघुवित्तहरुले आर्थीक कारोबार सुचारु गरेका छन् , यस कारोबारमा असुली लाइ प्राथमीकता दिइयको छ भने लगानी न्युन रुपमा गरेको देखीन्छ । आर्थीक कारोबार सुरु गरेता पनि ३ महिनाको बन्द पछि खुलेको बजार बाट कती असुली होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
कोरोनाले लघुवित्त वित्तिय संस्थाहरुको यस आर्थिक बर्षको नाफा नोक्सानमा कस्तो असर पार्दछ त भन्ने विषयमा यस्तो आंकडा गर्न सकिन्छ , नेपाल राष्टक बैकंको निर्देशन अनुसार लघुवित्त वित्तिय संस्थाहरुले असार मसान्त सम्म ब्याजदरमा ३ प्रतिशत छुट दियका छन् । यसरी छुट दिदा बार्षिक खुद नाफामा करिब ३० प्रतिशत नाफा घट्ने देखीन्छ , बन्द अवधी भर लगानी नहुदा सेवा शुल्क प्राप्त नभइ बार्षिक खुद नाफामा करिब ६ प्रतिशत नाफा घट्ने देखीन्छ , बन्दमा अबधीमा भयको सामान्य असुलीले केही लगानीमा रहेको कर्जा घट्न गइ करिब ५ प्रतिशत नाफा घट्ने देखीन्छ, यसरी हेर्दा यस आर्थिक बर्षको कुल खुद नाफामा ४१ प्रतिशतले घट्ने देखीन्छ । तर यो त १०० प्रतिशत असुली भयपछीको आंकडा हो । बजारको अबस्था हेर्दा बन्द भरीको करिब १५ प्रतिशत ब्याज असुल हुन बाकीं रहने अनुमान गर्न सकीन्छ , यसरी १५ प्रतिशत ब्याज असुल हुन बाकीं रहेमा हुनु पर्ने कुल खुद नाफामा दुइ तिहाइले कमी आउनेछ । यदी ब्याज असुली एक तिहाइ कम भयो भने पनी नाफा सुन्यमा पुग्नेछ । यो बिष्लेसण सम्पुर्ण लघुवित्तको कुल कारोबारको आंकडा अनुसार रहेको छ , नया लघुवित्तको घाटा यो भन्दा उच्च रहने छ ।
कोरोनाको अन्त कहिले हुने भन्ने कुरामा अनुमान गर्ने कुनै आधार देखीदैन, दिन दिनै संक्रमीतको संख्या बढ्दो क्रममा छ , कोरोना संक्रमीतको वृद्धि संगै सरकारले पुन लकडाउन गर्ने बारे छलफल पनी गरी रहेको छ । देशका उद्दमी, ब्याबसायी धारासाही भयका छन्, यस्तो अबस्थामा लघुवित्त वित्तिय संस्थाहरु कसरी जाने भन्ने विषय सोचनीय भएको छ । कोरोना रहे सम्म बजार खुल्ला रहने छैन, बजार खुल्ला नरहे उद्दम रहने छैन, उद्दम नरहे उद्दमी रहने छैन, उद्दमी नै नरहे बैकं तथा वित्तिय रहने छैन । तेसैले कोरोना संगसंगै कोरोनाका भाइरस संग लड्दै र सुरक्षीत हुदै ब्यापार, ब्याबसाय चलाउन जरुरी देखीन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]