बैंकिङ खबर । २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको, हालसम्म २३ जनाको मृत्यु भएको र एक हजार ७ सय ७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
