बैंकरमाथि अख्तियार लाग्न खोज्नुको संकेत के ?

बैंकिङ खबर । बैंकरमाथि बैंकिङ कसुर सँगै सम्पत्ति सुद्धिकरण र त्यसपछि अख्तियारको प्रवेश हुने भएपछि बैंकरहरुलाई काम गर्न असहज हुने भएको छ । केही बैंकरहरु बैंकिङ कसुरको मुद्धा खेप्दै आइरहेका छन् । बैंकिङ कसुरसँगै हालसम्म सम्पत्ति सुद्धिकरणले हेर्दै आएको छ । यस बाहेक अब अख्तियारसमेत बैंकमा प्रवेश गर्ने अबस्था छ । पछिल्लो समय बैंकरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको तयारी गरेको छ । केही बैंकरका उजुरी समेत अख्तियारसम्म पुगेका छन् । अख्तियार दुरुपयोग अनुसान्धान आयोगले अख्तियार दुरुपयोग सम्बन्धि ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमै बैंकरमाथि छानविन गर्न सक्ने अधिकार दिएइको छ । राष्ट्र बैंकले हेर्दै आएका विषयमा समेत अख्तियार प्रवेश गर्ने विधेयक पेश भएको छ । यो विधेयक संसदबाट पारित भएपछि बैंकिङ क्षेत्रमा अख्तियारले भ्रष्टाचारको मुद्दामा कार्बाही गर्न पाउने छ ।

लगानीको क्षेत्र साँघुरिँदै

बैंकिङ क्षेत्रले सेवाका मोडेलहरु परिवर्तन गरेपनि अन्तत सबैकुरा लगानीसँग जोडिएको छ । लगानीका लागि सुरक्षित क्षेत्र मापन गर्न कठिन बन्दै गएको छ । पर्यटनमा ठुलै धक्का लागेको छ भने कृषिको बजार व्यबस्थापनकै चुनौती देखिएको छ । छिमेकी देशबाट खुल्ला नाका मार्फत आयात हुने बस्तु रोक्न नसक्दा आत्मनिर्भर अर्थतन्त्रमा ठुलै धक्का लाग्ने देखिन्छ । यसकारण पनि बैंकवित्तलाई लगानीको क्षेत्र रोज्न कठिन छ । कतिपय ऋण खराव कर्जातर्फ धकेलीने सम्भावना समेत बढेर गएको छ । यसबाहेक अन्य उपभोग्य लगानी जस्तै घर, गाडि, रोजगारी आदीको अबस्थासमेत कम्जोर हुँदा बैंकलाई बुझाउनुपर्ने व्याज, किस्ता वा साँबा बुझाउन सक्ने अबस्थामा ऋणीहरु छैनन् । यसले गर्दा सेवामूलक ढंगले बैंकहरुले विभिन्न रणनीति बनाउँदा पनि व्यबसायीक हिसावबाट भने बैंकहरु कम्जोर हुने देखिएको छ । यो अबस्था कहिलेसम्म भन्ने एकिन नहुँदा हरेक क्षेत्र आर्थिक जोखिमतर्फ धकेलीएका छन् ।