July 20th, 2016

क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुको लागि प्रभु बैंकको नयाँ योजना

prabhuप्रभु बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई थप सुविधा सहित InstaPay र RewardPoints गरी नयाँ दुई योजनाहरु सञ्चालनमा ल्याएको छ । InstaPay योजना अन्तर्गत  ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल तिर्न, कलेज तथा स्कुलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न, गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै सो रकमलाई बढीमा १८ महिनासम्मको मासिक किस्तामा बैंकलाई भुक्तानी गर्न सक्नेछन् । यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन । तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ र उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ । 

यसैगरी अर्को योजना RewardPoints अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाईण्ट सञ्चित हुँदै जानेछ र ५०० प्वाइण्ट पुगेपछि बंैकले सम्बन्धित ग्राहकको खातामा रु. ५०० नगद जम्मा गरिदिनेछ ।