Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले सार्वजनिक गर्यो आर्थिक तथा वित्तीय रिपोर्ट (विवरण सहित)

२०७७ असार २ गते

बैंकिङ खबर ।  नेपाल राष्ट्र बैंकले चालु आबको १० महिनाको आर्थिक रिपोर्ट सार्वजनिक गरेको छ । मंगलबार वेभ मार्फत सार्वजनिक गरिएको रिपोट अनुसार रेमिट्यान्स घटेको छ ।

चालु खाता एवम् शोधनान्तर स्थिति :
समीक्षा अवधिमा चालु खाता घाटा रु.१०५ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२२१ अर्ब ७७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।  समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७ करोड रहेको थियो । ज्ञड। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । 

  • बार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.८३ प्रतिशत छ । दश महिनाको औसत मुद्रास्फीति ६.४६ प्रतिशत छ । 
  • आयात १३.० प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ ।
  • शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
  • संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.७२५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.६०६ अर्ब ८२ करोड छ ।
  • विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत छ ।
  • आर्थिक वर्ष २०७६÷७७ को दश महिनामा कुल वस्तु निर्यात ४.५ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब ६ करोड पुगेको छ सम्पूर्ण आर्थिक विवरण यस्तोे छ ।
Ad