नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंक थप्ने कार्यलाई तीव्रता दिने भएको छ । सेयर बजारमा देखिएका समस्या साथै सरोकारवालाहरुका गुनासाहरुलाई समाधान गर्ने उद्देश्यले धितोपत्र बोर्डले आयोजना थरेको एक छलफल कार्यक्रममा बोर्डले आगामी श्रावण मसान्त अर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई शीघ्र सम्पन्न गर्ने बताएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लि.ले क्लियरिङ्ग बैंक थप्ने कार्य अगाडि बढाइसकेको छ । बजारको आयातन वृद्धि भएसँगै लगानीकर्तालाई सहज र सरल रुपमा कारोबार गर्न साथै कारोबार फछर्यौट तथा राफसाफ प्रभावकारी र चुस्त बनाउन बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका उच्च अधिकारीबीच भएको छलफल कार्यक्रममा लगानीकर्ताहरुलाई सुविधा दिने हेतुले नेप्सेले कारोबारको समय बढाएकोमा सकारात्मक प्रतिक्रिया दिंदै बोर्डले बजारलाई थप पारदर्शी बनाउन नेप्से र सिडिएससिलाई निर्देशन समेत दिएको छ ।
लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइसकेको छ । यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने गरी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने योजना बोर्डको छ । त्यस्तै, धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा त्ंद्द मा नै पे–इन गर्न लगाउने, त्ंघ मा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रिकर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सोको पालना गर्ने र गराउने बोर्डले जनाएको छ ।
धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिएकाल नेपाल स्टक एक्सचेञ्जले श्रावण मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने भएको छ । काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकिएको बताइएको छ । त्यस्तै, नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने बताएको छ । हाल बजारमा दैनिक २ अर्बको कारोबार भइरहेको छ । बजारको आकार बढ्दो क्रममा छ । जसअनुरुप, सेटलमेन्टको जोखिम समेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधि तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने जनाएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएको छ । विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धी कार्य अविलम्ब अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।