July 19th, 2016

जनउत्थान लघुवित्तको मुनाफा झन्डै २ करोड

jana utthanआ.ब. २०७२/०७३ मा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले १ करोड ९५ लाख संचालन मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ५४.१९ प्रतिशतले बढीले मुनाफा बृद्धि गरेको हो । त्यसैगरी निक्षेप गत अषाढ मसान्तको तुलनामा ९५ प्रतिशतले बृद्धि भई ७ करोड ९८ लाख पुर्याएको छ भने कर्जा तर्फ पनि ६३ प्रतिशतले बृद्धि गरी ३४ करोड २४ लाख पुर्याएको प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले जानकारी गराए ।

वि.स २०६६ सालमा २ करोड चुक्त्ता पुँजी सहित २०६७ कार्तिक २७ गते रुपन्देही जिल्लाको बुटवलमा स्थापना भएको लघुवित्तले राष्ट्र बैंकबाट स्वीकृत कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा ९ वटा शाखा कार्यालय विस्तार गरी सस्तो ब्याजदर, विभिन्न निक्षेप योजना, विभिन्न सहज र सरल कर्जा योजना, रेमिट्यान्स सेवा, र काउन्टर सेवा संचालन गरी १३ हजार विपन्न सदस्यको आर्थिक अवस्थामा परिवर्तन गर्न बैंकले सयहोग पुर्याउदै आएको छ । थप ४ वटा शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकमा प्रस्ताब पेश गरेको छ । साथै कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा शाखा विस्तार गर्दै विपन्न समुदायलाई सहयोग पुर्याउने लक्ष्य बैंकले लिएको छ ।