बैंकिङ खबर । आजदेखि बैंकहरु साबिककै समयमा खुल्ने भएका छन् । अर्थात बैंकहरुलाई बिहान ८ देखि ६ बजेसम्मको बाध्यता हटेको छ । तर बैंक सेवाग्राहीको चाप मूल्यांकन गरी बढी भिडभाड हुने स्थानमा भने आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्नुपर्ने छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
त्यसैगरी सेवाग्राहीहरुको भिडभाड नहुने तथा दुरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्ने छ भने बैंकिङ सेवा प्रवाहमा जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्युनिकरण गर्न आवश्यक सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, केन्द्रीय बैंकले बिधुतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न समेत निर्देशन दिएको छ ।

