Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आर्थिक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेष्ठ ३२ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो । बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्र ऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो । यस्तै, विधेयकमाथि दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिदै अर्थमन्त्री खतिवडाले जबसम्म कुल गार्हस्थ उत्पादनको न्युनतम ३० प्रतिशतभन्दा बढी राजस्व उठ्दैन तबसम्म ऋणमा भरपर्नुपर्ने अवस्था रहने बताए । उनले सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनैपर्ने बाध्यता रहेको प्रष्ट्याए ।