Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

व्यापारीद्धारा सरकारी निर्णय नमान्ने घोषणा, असार १ बाटै ठुला मलहरु खोलिने

२०७७ जेष्ठ ३१ गते

बैंकिङ खबर । व्यबसायीहरुले सरकारको निर्णय अवज्ञा गर्दै व्यापारिक मलहरु संचालनमा ल्याउने भएका छन् । उनीहरुले असार १ गतेबाट संचालन गर्ने भन्दै सरकारी निर्णयको अबज्ञा घोषणा गरेका हुन् । काठमाडौंका १२ वटा व्यापारिक कम्प्लेक्सका संचालकहरुको बैठकले सरकारको निर्णय अवज्ञा गर्ने निर्णय गरे । असार १ गतेदेखि सबै मल संचालनमा ल्याउने उनीहरुले घोषणा गरेका छन् । यसअघि गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो गर्दै अन्य व्यबसाय संचालन गर्ने व्यापारिक मल भने खोल्न नपाउने निर्णय गरेको थियो । उनीहरुले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सिभिल मल, पिपुल्स प्लाजा, सिटी सेन्टर, ताम्राकार कम्प्लेक्स, बिजी मल, संचय कोष भवन, आइप्लेक्स कम्प्लेक्स, आरबी कम्प्लेक्स, केएल टावर रंजना मल लबिम मल तथा विशाल बजार खोल्ने निर्णय गरेका हुन् ।