बैंकिङ खबर । शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पाँच हजार ९ सय २५ आरटी (सीआर परीक्षण गर्दा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । अब नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोनाबाट हालसम्म १६ जनाको मृत्यु भएको छ । पछिल्लो समय अर्घाखाँची मालारानी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका व्यक्तिको मृत्यू भएको हो ।
