Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

अर्थमन्त्रीले पटक पटक भने -‘म इमान्दार छु, राम्रो काम गर्न खोज्दैछु’

२०७७ जेष्ठ २८ गते

बैंकिङ खबर । अर्थमन्त्री युवराज खतिवडाले आफ्नो इमान्दारीताको परीक्षा भएको बताएका छन् । उनले कहिलेकाही छिटा लगाउन खोजिने बताउँदै, त्यसमा आफुहरुको इमान्दारीता प्रष्ट कायम राख्ने र यसबाट कदापी बिमुख नहुने बताए । संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले केही व्यवसाहिक घरानासँग जोडिएको कुरालाई उठाउदै अहिलेसम्मको २० वर्षे लामो राजनीतिक जिवनमा हालसम्म कुनै व्यवसायिक घरानासँग काम नगरेको प्रष्ट्याए । उनले आफुले सधै मुलुकको हितका लागि काम गरेको र यो जिवन पर्यन्त कायम रहने बताए ।
यस्तै, करको दरका विषयमा कुरा गर्दै मन्त्री खतिवडाले परीक्षा र परीक्षण बनाएर समिति बनाउन र जाँच गर्न आग्रह गरे । यस्तै उनले अर्थमन्त्रालयले कुनै सूचना चुहावट नगरेको बताए । खतिवडाले जेठ १ गतेदेखि ७ गतेसम्म ७५ वटा र १६ गते १९ वटा विद्युतीय गाडी भन्सारबाट छुटेको र कसैको पनि प्रभावमा परेर कर बढाउने विषय चुहावट नभएको बताए ।
उनले करका अङ्कहरु जेठ १४ गते राति मात्र तय हुने भएकोले चुहावट हुने कुनै सम्भावना नरहेको बताए । यस्तै, पेट्रोल र पेट्रोलियम पदार्थसँग चल्ने १ सय ७९ वटा गाडीहरु छुटेको बताए । उनले यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर, व्यवसायिकतासँग जोडेर, चरीत्रसँग जोडेर व्याख्या गर्नु अन्याय हुने बताए । उनले सबै विवरणहरु देखाउने उल्लेख गर्दै भ्रामक कुरा नगर्न अनुरोध गरे ।

यस्तै,
चकलेटमा कर घटाइएको विषयमा जवाफ दिदै अहिलेको संसद एमसीसी र चकलेटमय बनेको भन्दै त्यस्तो प्रकारको बहस गर्न उचित नरहेको बताए । उनले अघिल्लो वर्षहरुमा पनि चकलेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तःशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गर्नुपरेको उल्लेख गरे ।
उनले चकलेटको कुरा बारम्बार उठाइरहेको भन्दै पहिले पनि ३० प्रतिशत नै रहेको र चालु वर्षको बजेटमा मात्र ४० प्रतिशत गरेका बताए । अन्त शुल्क र भ्याट गर्दा ६६ प्रतिशत हुन गएकाले ६६ प्रतिशत किन भनेर पुरानै ३० प्रतिशतमा ल्याएको उनको भनाई छ । उनले भने, ’यो भन्दा अगाडि ३० प्रतिशत राख्ने सबै अर्थमन्त्रीले कुनै समूहसँग मिलेर गरेका हुन् त ? चकलेट पनि खाने कुरै हो । अखाद्य वस्तु होइन । चकलेट स्वास्थ्यका लागि हानिकारक हुने वस्तु पनि होइन । केही त्यस्ता स्वास्थ्यलाई हानिकारक हुने वस्तुहरुमा अहिले पनि ४० प्रतिशत छ ।’ त्यसैले सामान्य परीमार्जनलाई निष्ठासँग नजोड्न अनुरोध गरे ।