बैंकिङ खबर । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । संक्रमित मध्ये हालसम्म ६ सय ७४ जना निको भएका छन्, भने १५ जनाको मृत्यु भएको छ ।
बैंकिङ शैली
थप २७९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो
२०७७ जेष्ठ २८ गते

