गत आर्थिक वर्षमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले खुद मुनाफा उल्लेख्य मात्रामा बढाएको छ । कम्पनीले ६ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय ८० प्रतिशतले बढी हो । कम्पनीको व्याज आम्दानीमा भएको भारी वृद्धिका कारण खुद मुनाफा यसरी बढेको हो ।
निष्कृय कर्जा अनुपात ०.३० प्रतिशत रहेको कम्पनीको वगेडा कोषमा ७ करोड रुपैयाँ रहेको छ । कम्पनीको निष्कृय कर्जा अघिल्लो वर्षको तुलनामा बढेको हो । ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो लघुवित्त लक्ष्मी बैंकद्धारा प्रवद्र्धित वित्तीय संस्था हो ।