बैंकिङ खबर । आगामी असार १ गतेबाट आंशिक रुपमै भएपनि लकडाउन खुल्ने प्राय निश्चित छ । हालै सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत पनि डिजिटल कारोबारलाई फोकस गरेको छ । केही बैंकहरुले बैंकलाई पूर्ण डिजिटलाइजेशन गर्ने घोषणा समेत गर्न थालेका छन् । हाल बैंकिङ कारोबारमा डिजिटल सेवा निशुल्क छ । यही अबस्थामा बैंकहरुले अब तत्काल डिजिटल कारोबारमा शुल्क लिन सक्लान कि नसक्लान् । राष्ट्र बैंकले डिजिटल शुल्क बारे के आगामी मैद्रिक नीतिमै सम्बोधन गर्ला ? बैंकहरुले डिजिटल कारोबार निशुल्क गरेपछि अब बैंकहरु नगद कारोबारमा शुल्क लिने तयारीका थिए । कोरोनाको संत्रास बढ्दै गएपछि करिव ५० प्रतिशतले नोटको कारोबार घटेको बैंकहरुले बताएका छन् । नगद कारोबार धेरै हुने बैंकहरुमा नगद कारोबार ह्वात्तै घटेको छ । डिजिटल कारोबार अत्याधिक धेरै भएका कारण नगद कारोबार घटेको भने पक्कै होइन । आर्थिक चलायमान नहुँदा बैंकिङ कारोबार नै घटेको हो । तथापी अन्य समयमा भन्दा डिजिटल कारोबार अहिले बढेको छ । लकडाउनका कारण डिजिटल कारोबार बृद्धि भएको छ । नोटबाट कारोबार गर्दा कोरोना संक्रमण हुन सक्ने भन्दै नोटको कारोबार कम गर्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई आग्रह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकको नीति पनि यही थियो । तर अब भने कोरोनाको विषयलाई लिएर बैंकरहरूले राष्ट्र बैंकलाई कोरोना कर लिने व्यबस्था मिलाउन माग गरेका छन् । नगद बैंकिङ कारोबारलाई कम गर्न कोरोना कर लगाउने र क्यासलेस बैंकिङलाई महत्व दिने उद्येश्यले नगद कारोबारमा ‘कोरोना कर’ लिन खोजिएको एक बैंकरले बताए । तर अबस्था त्यस्तो सहज छैन कि कोरोना कर कहिलेसम्म भन्ने अर्को प्रस्न छ । यसलाई हेर्दा बैंकहरुले कोरोना करको नाम दिएर अब नगद कारोबारमा कर लिन खोजेको देखिन्छ ।
कोरोना कर
नोटको कारोबार गरेबापत लिइने दस्तुरलाई बैंकहरुले कोरोना कर को नाम दिएका छन् । कोरोनाको संक्रमण फैलीएको र डिजिटल कारोबारलाई निशुल्क गरिएको हुँदा अब बैंकबाट पैसा निकाल्दा होस या आफूसँग भएको रकम जम्मा गर्दा कर लिने देखिन्छ । नगद रकमबाट कोरोना सर्ने सम्भावना भएका कारण यसो गरीन लागेको बैंकहरुको भनाई छ । तर ‘कोरोना कर’ नाम दिइएको यो कर सम्पूर्ण नगद कारोबारमा लगाउने या बैंकिङ कारोबारमा मात्रै लगाउने अन्यौलता छ । कोरोना कर कति लिने भन्ने बारे निर्धारण भएको भने छैन । यसमा नेपाल राष्ट्र बैंकले निर्णय गरीसकेको छैन । यो कर बैंकमा मात्रै लगाउने वा नगद कारोबारमा लगाउने भन्ने अन्यौलता छ । बैंकर्स संघले नोटको कारोबार र यसको प्रयोगबाट कोरोना संक्रमणको जोखिम हुने उल्लेख गरेको छ । हालै सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत पनि डिजिटल कारोबारलाई फोकस गरेको छ । केही बैंकहरुले बैंकलाई पूर्ण डिजिटलाइजेशन गर्ने घोषणा समेत गर्न थालेका छन् ।


