कृष्ण बश्याल
वित्तीय साक्षरता भन्नाले मुलुकको वित्तीय व्यवस्था, वितिय प्रणाली बैंक तथा वित्तीय सस्थां, वित्तीय कारोबारका उपकरण र तिनीहरुको प्रयोग गर्ने शैली बचत तथा कर्जा लगानी सम्बन्धि कार्यमा वित्तीय सस्ंथाहरुको व्यवस्था तथा उपायबारेका विस्तृत जानकारी लिनु वा दिनु हो । वित्तीय साक्षरताले मात्र आधुनिक बैकिङ तथा आधुनिक बैङिक व्यवस्था र वित्तीय समस्याहरुको समाधानको बाटो रोज्न सक्दछ । भन्ने कुरामा दुईमत नहोला । वित्तीय साक्षरता मार्फत नै वितिय सस्थाहरुको सेवा सुविधा बैङिक प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठुलो शिक्षा दिने गर्छ । वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग तथा बचत गर्ने बानी तथा तरिका जस्ता ब्यवहारीक शिक्षा प्रदान गरि उद्यमशिता गराउने कार्यमा सहयोग गर्छ । हरेक व्यक्तिमा भएको सिमित श्रोत साधन तथा सिपलाई परिचालन गरि स—सानो पुँजि निर्माण गर्न ति श्रोत र साधनको सहि सदुपयोग गरि खेर गएको पुँजिबाट आयमुलक क्षेत्रमा लगानी गरि स—सानो पुँजी परिचालन हुन सक्दछ । सम्रग देशको आर्थिक उन्नतीको लागी व्यक्ती— व्यक्ती, परिवार— परिवार, समुदाय तथा क्षेत्र हुँदै सिङगो राष्ट्रलाई वित्तीय साक्षरता मय बनाउन सकिन्छ । अझै पनि परम्परागत आर्थिक कारोबार जस्तैः— साहुमहाजन बाट चर्का ब्याजदरमा कर्जा लिने, विनिमयका लागीे परमपरागत विनिमय माध्यम जस्ता परम्परागत आर्थिक गतिविधि तथा क्रियाकलापले देशलाई वित्तीय साक्षरतमा प्रवाभ पारेको देखिन्छ । त्यसको लागी वित्तीय पहुंच र त्यसमा वित्तीय संस्थाहरुले दिने प्रवाभकारी सेवाले मात्र त्यसको निवारण गर्न सकिएला । अन्यथा परम्परागत शैली परिर्वतनगर्न अर्का चुनौतिहुनेछ । आर्थिक समृद्धि तिव्र दरमा हासिल गर्न र पुर्वतयारीको लागी वित्तीय साक्षरता अपरिहार्य देखिन्छ ।
नेपाल एक बिकासोन्मुख राष्ट्र हो यहाँको वित्तीय साक्षरता सँगै वित्तीय पँुंचको अवस्थाले पनि वित्तीय साक्षरतामा प्रभाव पारेको छ । समुदायतथा क्षेत्रमा वित्तीय साक्षरता बढाउन वितियपहुंचले पनि ठुलो भुमिकाखेल्दछ । नेपालको वित्तीय पहुँच र वित्तीय साक्षरताको अवस्था हेर्नै हो भने करिब सबै स्थानिय स्तरमा निजि तथा सरकारी गरी बैक तथा वित्तीय संस्थाहरुको आगमन भैसकेपनि वित्तीय साक्षरता भने निकै कम द।खिन्छ । विश्व बैंकको आकडा अनुसार विश्वमा १३ प्रतिशत देखि ७१ प्रतिशत सम्म वित्तीय साक्षरता रहेको अनुमान छ । विश्वको सबै भन्दा कम वित्तीय साक्षरतामा यमन छ भने स्विडेन डेनमार्क नर्वे जस्ता देशहरु धेरै वित्तीय साक्षरता हुने देशहरुमा पर्दछन् । नेपाल भने विश्व बैकको आकडा अनुसार निकै कमजोर नै देखिन्छ । नेपालमा करिब १९ प्रतिशत वित्तीय साक्षरता रहेको अनुमान छ । हुन त विश्वका शत्तिशाली र विश्वको अर्थतन्त्रको दाजोमा ठुलो हिस्सा ओगटेका राष्ट्रहरु पनि वित्तीय साक्षरताको अवस्था २४ देखि ३० प्रतिशत रहेको देखिन्छ । भने विश्वकै शत्तिशालि राष्ट्र अमेरीकामावितिय साक्षरताको अवस्थाकरिब ५८ रहेको छ ।विश्वकै धेरै मुलुकहरुमावितियपहुचको अवस्थाहालतिव्ररुपमाविस्तार भएको पाईन्छ । वितिय पहुंचमा नेपालको अवस्था हेर्ने हो भने नेपालमा करिव ६० प्रतिशत जनसमुदायमा वित्तीय पहँुच रहेको राष्ट्र बैंकको तथ्याङमा रहेको पाईन्छ । तर पनि वित्तीय अवस्था, वित्तीय पहुँच र वित्तीय साक्षरतालाई हेर्दा नेपाल जस्तो राष्ट्रमा यो अवस्था अति नाजुक नै हो ।
वर्तमान युग विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिले गर्दा विश्वमा अकल्पनिय विकाश भैरहेको छ । त्यसको प्रभाव प्रत्यक्ष रुपमा बैक तथा वित्तीय संस्थामा पर्नु स्वाभिक हो । बर्तमान अवस्थामा सबै क्षेत्रमा डिजिटल प्रविधिमार्फतकार्य सम्पादनतथाकार्य व्यवस्थापनगर्न हुँदाकार्य सम्पादनमा सहजहुनुको साथै समय तथालागतको पनिबचत भएको छ । डिजिटल प्रविधिले बैकिङ क्षेत्रकोकारोबार समेत मितब्यायीर पारदर्शि कारोबारले ठुलो विश्वास जितेको पाईन्छ । बैक तथा वित्तीय संस्थाहरुमा डिजिटल बैकिङबाट ग्राहकहरुले सजिलै घरबाटै आफ्नो कारोबार गर्न सक्ने हुँदा बैंक धाउन नपर्न, घरबाट खाता खोल्न सकिने कर्जाको माग, रकम ट्रान्सर्फर तथा अन्य सम्पूर्ण विद्युतिय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सकिने खाताको विवरण र कारोबारको ब्यहोरा एक सेकेण्डमा नै जानकारी दिने हँुदा यो प्रविधि एकदमै सुव्यवस्थित तथा लाभदायक भएको छ । समयको बचत, भ्रष्टाचार तथा अपराधिक क्रियाकलाप सम्पति सुढुणिकरण जस्ता कार्यका समेत यसले नियन्त्रण गर्न सहयोग गर्दछ । अबको बैकिङ डिजिटल बैकिङ बाहेको अन्य विकल्प नरहने आजको समय तथापरिबेशले बताई सकेको छ । यो थौरै समय मैविश्व ब्यापि रुपमा विकाश भईरहेको छ र हुनेछ । नेपालमा पनि यसको बिकासका लागी, वित्तीय पहुँच र वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङको महोल सिर्जना गर्नुको विकल्प रहने छैन । यस डिजिटल प्रविधिबाट नगद रहितका रोबार गरि अर्थव्यवस्था व्यवस्थित तवरले चलायमान बनाउन सकिने छ । शाखा रहित बैंकिङ QR ,POS machine, Debit/Credit Card ,Smart Banking, Phone Pay जस्ता डिजिटल सेवाहरु भित्रिसकेको अवस्थामा जोखिम रहित बैकिङ कारोबार गर्न सकिने छ । नेपाल जस्तो बिकासोन्मख राष्ट्रमा यस प्रविधिको अनुसरण गर्दै वितिय पहुँच र वितिय साक्षरतालाई अगाडी बडाउँदै डिजिटल बैकिङ तिव्र रुपमाविकास तथा विस्तार गर्न निजि तथा सरकारी र सरोकारवालाको अर्जुन दुष्टि जानु पर्दछ र वित्तीय जोखिम व्यवस्थापनको लागी पनि डिजिटल बैकिङ ठुलो टेवा पुग्ने छ । त्यसको लागी आजैबाट वित्तीय पहुंच र वित्तीय साक्षरता मार्फत डिजिटल बैकिङको अतुलनिय फाइदाहरु जनतालाई जनताको सेवा जनताकै घरबाट दिन नसकेमा हामी धेरै पछि पर्नैछौ ।
लेखक सनराइज बैकमा कार्यरत छन् ।



