June 5th, 2020

२५ गतेबाट छोटो दुरी र १ गतेबाट लामो दुरीका सवारी साधन चलाउने प्रस्ताव

सरकारले लकडाउन क्रमश खुकुलो बनाउने भएकाने छ । कोभिड १९ को उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमण कम भएका जिल्लाहरुमा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी पनि सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना प्रस्ताब गरेको छ । जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट एकजिल्लामा मात्रै सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राखेर सउंचालन गर्ने, असार १ गतेबाट बाट सिट क्षमताका आधा संख्यामा यात्रु राखेर लामो दुरीमा सवारी साधन सञ्चालन गर्ने, त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी आन्तरीक हवाइ सेवा सञ्चालन गर्ने भएको छ । यसका लागि कोरोना संक्रमणको संख्न्या एकसय भन्दा कम भएका जिल्लामा लागु गरीने प्रस्ताब छ । यो प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागु हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]