June 4th, 2020

बैंकिङ निक्षेपमा थप प्रभाव पर्ने अबस्था

बैंकिङ खबर । लामो समयको लक डाउनका कारण विश्व अर्थतन्त्र संकटमा रहेको छ । कोरोना भाइरसको बढ्दो संक्रणमा र मृत्युदरका कारण जनजीवनमा त्रास घट्न सकेको छैन । अवस्था कहिले सामान्य हुन्छ भन्ने कुरा पनि यकिनका साथ भन्न सक्ने अवस्था छैन । यसले गर्दा अर्थतन्त्रमा जोखिम झन् उच्च भएको छ । केही देशहरुले अर्थतन्त्र सुचारु राख्नका लागि केही आर्थिक क्रियाकलापलाई सुरक्षित तवरले संचालन गरिरहेका छन् । यद्यपि, केही यस्ता व्यवसायहरु छन्, जुन विश्वव्यापी रुपमा नै ठप्पप्रायः छन् । करोडौँ मानिसहरुले रोजगारी गुमाएका छन् । कहिलेसम्म केन्द्रीय बैंकले प्रवाह गरेको रकमले अर्थतन्त्र धानिएला ? चिन्ताको विषय बनेको छ ।

कोरोना भाइरसका कारण विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा दुई करोड ६० लाख मानिसले रोजगारी गुमाए । यससँगै अमेरिकामा बेरोजगारी दर ४.४ प्रतिशत पुगेको छ । सबैजसो विकसित मुलुकमा बेरोजगारी दर बढेको छ । चिनको बेरोजगारी दर ५.९ पुगेको छ भने अष्ट्रेलियामा ५.२ प्रतिशत पुगेको छ । त्यस्तै, बेरोजगारी दर जर्मनीमा ५ प्रतिशत र साउथ कोरियामा ३.८ प्रतिशत पुगेको छ । विकासोन्मुख एवम् गरिब मुलुकहरुमा झन् दयनीय अवस्था भएको छ ।

वित्तीय क्षेत्र
लामो समयको लक डाउनका कारण मानिसहरुको आम्दानी घटेको छ भने बचत पनि खर्च भइरहेका छन् । धेरै मानिसहरुले रोजगारी गुमाएका कारण लामो समयसम्म उनीहरुको आम्दानी बढ्ने अवस्था छैन । यसले गर्दा बैंक तथा वित्तीय क्षेत्रको निक्षेपमा प्रभाव पर्ने देखिन्छ । त्यस्तै, व्यापार, व्यवसाय एवम् उद्योगधन्दाहरुमा परेको प्रभावका कारण बैंकहरुको कर्जा असुलीमा असर पर्ने देखिन्छ । यसले गर्दा, वित्तीय असन्तुलन पैदा हुने सम्भावना रहेको छ ।

ऋण उठ्न नसक्दा तरलतामा धक्काको संकेत

कोरोना प्रभाव तथा लकडाउनका कारण बैंक तथा वित्तीय क्षेत्रमा आउने समस्याहरुमध्ये कर्जा जोखिम एक रहने विश्लेषण गरिएको छ । धितो विना दिइएका कतिपय कर्जामा झन् जोखिम बढाएको छ । ससाना उद्योग व्यबसायमा सामुहिक जमानतका आधारमा विना धितो लघुवित्त कम्पनीको लगानी धेरै छ । बैंकवित्तमा पनि कर्जा जोखिम बढ्ने निश्चत प्राय देखिएको छ । व्यापार व्यबसाय पूर्ण रुपमा ठप्प रहेको र खुलेपछि पनि लामै समयसम्म कतिपय व्यबसाय संचालन भइहाल्ने अबस्थामा छैनन् ।

विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा परेको छ । यो माहामारी अझ कहिले सम्म रहन्छ र अर्थतन्त्रलाई कति परसम्म धकल्ने हो यसै भन्न सक्ने स्थिति छैन । समग्र अर्थतन्त्र नै जोखिममा रहँदा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वित्तीय क्षेत्र सबभन्दा बढी प्रभावित हुन्छ । यसको असर हाल बैंकिङ क्षेत्रमा पनि देखिन थालेको छ । कोरोना भाइरसकै कारण हाल बैंकहरुको काम अस्तव्यस्त नै छन् । अत्यावश्यक सेवा भित्र रहेर आलोपालो शाखा केही घण्टाको लागि खोलेर सेवा दिने भनिएतापनि ग्राहकहरु नआउँदा निक्षेप संकलनमा व्यापक गीरावट आएको छ । यस्तो अवस्थामा व्यवसायमा लगानी लगायत अन्य कामका लागि कर्जा लिन आउने अवस्था छैन यसर्थ बैंकहरुले कर्जा प्रवाह समेत गर्न सकेका छैनन् । त्यसैले अहिले बैंकिङ क्षेत्र जोखिममा देखिन थालेको छ । बैंकहरुले खर्च कटौती गर्न कन्ट्रयाक्टमा रहेका स्टाफलाई कटौती गर्ने, बेतलबी बिदा दिने जस्ता उपायहरु गरीरहेका छन् । बैंकीङ क्षेत्रमा चैत महिनाको तुलनामा बैंशाखमा निक्षेप पनि घटेको देखिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै निक्षेप संकलन प्रभावित भएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा ३५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसमध्ये लगभग ३३ खर्ब त ऋण लगानीमा नै भएको छ । यस्तो अवस्थामा बैंकको साँवा ब्याज असुलीमा ठूलो समस्या आउने देखिन्छ, यसर्थ यो निकै जोखिमपूर्ण अवस्था पनि हो ।

हाल अधिकाशं व्यवसायीहरूको आयआर्जनको स्रोत ठप्प नै छ, यी मध्ये धेरै व्यवसायहरुमा फेरि व्यवसायमा फर्कनै नसक्ने तथा व्यवसाय नै छोड्ने अवस्था आएको छ । यसबाट बाहिर निस्कन थप लगानीको आवश्यक्ता पर्दछ । पर्यटन क्षेत्रमै बैंक तथा वित्तीय क्षेत्रको ५० अर्ब रुपैयाँ भन्दा माथी लगानी रहेको छ । हाल पर्यटन क्षेत्र ज्यादै नराम्ररी थलीएका छन् । ठुला लगानीका होटलहरु ६ महिनामा लागि बन्द भइसकेका छन् । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले कर्जा दिन डराउने अवस्था छ किनभने अब गरीने लगानीले व्यवसाय चल्ने नचल्ने भन्ने निश्चित नै छैन । यस्तो बेला बैंकिङ क्षेत्रले पहिलेकोे ऋण समेत असुल गर्न नसक्ने र खराब कर्जा बढ्ने देखिन्छ । यसर्थ अब केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा के कस्तो र कति असर पार्न सक्छ त्यसको अध्यन गरी यसबाट बाहिर निस्कने र कोही पनि मारमा नपर्ने गरी दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ ।

घरभाडा र बैंकको व्याज समस्या
लामो समयको लकडाउनका कारण आम मानिसको जनजीवन अस्त व्यस्त हुन थालेको छ । यो समयमानीजि क्षेत्र र विशेषगरी गरीखाने बर्ग भने अत्यन्तै मारमा परेको छ । बन्द सटरको भाडा, बन्द अबस्थामा रहेका गोदामहरु, व्यबसायीक घरहरुको भाडा नै चिन्ताको विषय बन्न थालेको छ । त्यसमाथि व्यबसायीका कतिपय सामानहरु विग्रिएका छन् । बन्द व्यबसायको कर्जाको व्याज अनि आफू पनि बसेको घरको भाडा । न्यूरोड, पुतलीसडक सुन्धारा लगायत सपिङ कम्प्लेक्स र व्यबसायीक प्रयोजनका लागि लिइएका घर भाडा महंगो छ । त्यसो त ट्रेनिङ इन्स्टिच्यूट, कन्सल्टेन्सी, मेनपावर, इभेन्ट म्यानेजमेन्ट, पार्टी प्यालेसहरु, फिल्म हलहरु, नाट्य क्षेत्रहरु, रात्रीकालीन मनोरंजन क्षेत्र सबैभन्दा बढी लामो समयसम्म ठप्प रहने अनुमान छ । मानिसहरु भेला हुन नसक्ने अबस्थाले गर्दा उनीहरुमध्ये अधिकाँसले व्यबसाय बन्द गर्न खोजेका छन् । तर लकडाउनका कारण सामान उठाउने अबस्था समेत छैन । जसका कारण बन्द गर्ने व्यबसाले पनि घरभाडा तिर्नुपरेको अबस्था छ । समस्या सबैतिर छ, सबैको छ । तर विशेषगरी भाडामा व्यबसाय संचालन गर्ने र गरीखाने बर्गको उठीबास लाग्ने अबस्था छ । नीजि क्षेत्रमा जागिर गर्ने कैंयौंको जागिर धरापमा छ । 

उद्योगधन्दा
लक डाउनका कारण उद्योगधन्दाहरु खुल्न सकेका छैनन् । खाद्यान्न र मेडिकल इक्विपमेन्ट जस्ता अत्यावश्यक वस्तुहरु बाहेकका उत्पादन गर्ने उद्योगहरु प्रायः बन्द रहेका छन् । उद्योगमा काम गर्ने कर्मचारीहरु घरमा बसिरहेका छन् । उद्योगका लागि आवश्यक कच्चापद्धार्थ ओसार पसार गर्न सकिएको छैन भने उत्पादन भएका वस्तुहरुले समेत बजार नपाउने अवस्था रहेको हुँदा उद्योग, कलकारखानाहरु बन्द गरिएका छन् । उत्पादनहरुको विक्री नै नभएका कारण उद्योगहरु मारमा परेका छन् । यो अवस्था अझै कति समयसम्म रहने भन्ने निश्चित नभएका कारण उद्योग क्षेत्रमा अझै ठूलो असर पर्ने देखिन्छ ।

व्यापार
विक्री केन्द्रहरु बन्द गर्नुपरेको र उपभोक्ताहरु घरमै बस्नुपरेको अवस्थाका कारण रिटेल सेल्समा नराम्रो असर परेको छ । विश्वका ठूला दुई देशहरु अमेरिका र चीनमा यस्तो सेल्स क्रमशः ६.२ प्रतिशत र १५.८ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार ठप्प रहेको छ । बाहिरी देशबाट सामान ल्याउने वा बाहिरी देशमा सामान पठाउने अवस्था छैन । उत्पादन भएर बजारसम्म आइपुगेका सामानहरुको समेत विक्री हुन सकेको छैन । सपिङमलहरु लामो समयसम्म बन्द हुने अवस्था रहेको छ । दैनिक जजीवनका लागि खाद्यान्न लगायतका अत्यावश्यक वस्तुबाहेक अन्य कुराहरुको खरिदमा भारी गिरावट आएको छ । यसबाट लामो समयसम्म व्यापार एवम् व्यवसायको क्षेत्र प्रभावित रहने देखिन्छ ।

पर्यटन क्षेत्र
संसारभरि एक स्थानबाट अर्को स्थानमा जान रोक लगाइएको छ । बाह्य मात्रै हैन आन्तरिक आवतजावतमा साधनमा समेत कडाई गरिएको छ । यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ । पर्यटन क्षेत्रमा परेको असरको एउटा उदाहरण नेपाललाई नै लिन सकिन्छ । लामो समयको तयारी पश्चात् ठूलो लगानी र योजनामार्फत भिजिट नेपाल २०२० को सुरुवात गरिएको थियो । यद्यपि, कोरोना भाइरसका कारण कार्यक्रम नै स्थगित गर्नुपर्यो । यस्ता थुप्रै देशहरु छन् जहाँ पर्यटनलाई मूख्य आम्दानीको स्रोत मानिन्छ । ती देशहरुमा पर्यटन व्यवसाय पूरै बन्द भएको छ । कोरोना भाइरसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । पत्ता नलाग्दासम्म मानिसहरुमा त्रास कायम रहने सम्भावना छ । यसले गर्दा, लक डाउन खुला नै गरे तापनि पर्यटन व्यवसाय सामान्य अवस्थामा आउन निकै लामो समय लाग्ने देखिन्छ ।

ठुला होटलहरु
होटलहरुको आम्दानी पर्यटन व्यवसायसँग सम्बन्धित हुन्छ । त्यसमाथि धेरै लगानीमा खोलिएका होटलहरु आन्तरिक एवम् बाह्य पर्यटक, अन्तर्राष्ट्रिय सभा सम्मलेनहरु लगायतलाई नै लक्षित गरेर खोलिएका हुन्छन् । तर, लक डाउनका कारण सभा सम्मेलन हुन सकेका छैनन् । अफिसियल मिटिङहरु समेत अनलाइनमार्फत भइरहेको छ । कुनै पनि ठूलो कार्यक्रमहरु भएका छैनन् । यसकारण ठूला लगानीका होटलहरु घाटामा गएका छन् । कोरोनाको त्रास कहिलेसम्म रहने भन्ने निश्चत नभएका कारण अझ लामो समयसम्म होटल व्यवसायहरु प्रभावित हुने देखिन्छ । कोरोना महामारी संक्रमणपछि विश्वव्यापी रुपमा अववस्था सामान्य भएपछि पनि होटल व्यवसाय सामान्य अवस्थामा फर्किन थप समय लाग्ने देखिन्छ ।

उडानहरु
लक डाउनमा सबैभन्दा बढी कडाई अन्तर्राष्ट्रिय उडानमा गरिएको छ । सबै देशका अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय हवाई क्षेत्र धेरै प्रभावित भएको छ । वैज्ञानिक एवम् स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमण फैलिन छोडेपछि पनि केही वर्षसम्म नै सामाजिक दूरता कायम गर्नुपर्ने र स्वास्थ्य सम्बन्धि सुरक्षाका उपायहरु अपनाइरहनुपर्ने बताएका छन् । यस हिसाबले हेर्दा केही समयसम्म अन्तर्राष्ट्रिय आवातजावतमा कमी हुने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय हवाई यातायातको व्यवसायमा ठूलो धक्का लाग्ने देखिन्छ ।

राजश्व संकलन
वाह्य व्यापारमा परेको प्रभावका कारण सरकारको राजश्व संकलनमा कमी आएको छ । आर्थिक गतिवधिहरु अझै पनि अवरुद्ध रहेका कारण राजश्वमा अझै कमी आउने देखिन्छ । यसले सरकारको आम्दानी घट्न गई देशको विकास निर्माण लगायतका क्रियाकलापमा समेत प्रभाव पार्ने देखिन्छ । देखिन्छ । कोरोना महामारी संक्रमणपछि विश्वव्यापी रुपमा अववस्था सामान्य भएपछि पनि होटल व्यवसाय सामान्य अवस्थामा फर्किन थप समय लाग्ने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]