June 3rd, 2020

कर बुझाउने म्याद असार ७ सम्म सारीयो

बैंकिङ खबर । सरकारले कर बुझाउने म्याद असार ७ सम्म थप गरेको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र बुझाउनुपर्ने बक्यौता असार ७ सम्म थप गरेको हो । विभागले बुधबार सूचना जारी गरी यसअघि जेठ २५ भित्र बुझाउनुपर्ने करको समय असार ७ सम्म थप गरेको छ । यसअघि अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र अर्थसचिव शिशिर ढुंगानाबीच यसबारेमा छलफल भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]