June 3rd, 2020

अत्याबश्यक भनिसकेपछि -बैंकका कर्मचारीमाथि किन रोकतोक ?

बैंकिङ खबर । बैंकलाई अत्याबश्यक क्षेत्रमा राखिसकेपछि बैंकका कर्मचारीलाई हिडडुल गर्न सजिलो हुनुपर्ने । कार्यालय जाँदा र फर्कीदा सरल हुनुपर्ने । बैंक खुलीसकेपछि बैंकसम्म जाने नागरिकलाई पनि सरल हुनुपर्ने । तर कुरा ठिक बिपरीत भएको छ । जताततै लकडाउन खुकुलो भएको महसूस गरिरहँदा प्रहरीले बैंकका कर्मचारीलाई नै बेला बेला दुख दिने गरेको छ । अत्यावश्यक सेवा अन्तर्गत रहेको बैंकिङ कर्मचारीलाई ट्राफिकले सडकमै रोक्ने, केरकार गर्ने र दुख दिने गरेका गुनासाहरु फेरि बुधबार राष्ट्र बैंकसम्म पुगेको छ । २० गतेपछि लकडाउनमा केही सहज भएको महसूस गरिरहँदा बुधबार फेरि पनि प्रहरीले बैंकका कर्मचारीलाई धेरै ठाउँमा रोकेको बैंकहरुले बताएका छन् । राष्ट्र बैंकको आग्रहमा परिचयपत्रको आधारमा हिँडडुल गरीरहेका बैंकका कर्मचारीलाई फेरि राष्ट्र बैंककै पास माग्न थालीएको छ । बैंकहरुले सिमित अबधिका लागि सबैजसो शाखा खोल्ने प्रयास गरीरहेका छन् । तर वेला बेला प्रहरीले दुख दिने गरेको छ । राष्ट्र बैंकद्धारा जारी पास प्रयाप्त छैनन् । त्यत्ति पासले सबै शाखा खोल्न सम्भव छैन । राष्ट्र बैंकले महानगरीय प्रहरी महाशाखालाई अनुरोध गर्दै आएको छ । राष्ट्र बैंकको आग्रह पछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले परिचयपत्र देखाउनेलाई हिँड्न दिइएको बताएको छ । महानगरीय ट्राफिक महाशाखाले कार्यालय समयमा हिँडडुल गर्न राष्ट्र बैंकले जारी गरेको पास नै चाहिने बताएको छ । अरु समयमा बैंककै परिचय पत्रले काम गर्ने र अफिस टाइममा राष्ट्र बैंककै पास चाहिने व्यबहारिक नभएको बैंकका कर्मचारीहरु बताउँछन् ।

बैंक खुलेको सार्थक होस्
बैंक त खुल्यो, तर बैंकसम्म जाने व्यक्तिको सबैको परिचयपत्र कसरी खोज्ने ? कुन समयमा बैंक जाने ? बैंक खुलेकै समय चाहिन्छ । तर ठाउँठाउँमा प्रहरीले रोकतोक गर्दा बैंकसम्म पुग्ने व्यक्तिलाई समस्या उत्पन्न हुन्छ । कतिपय बैंकहरुले नयाँ सफ्वेयर राखेका छन् । कतिपय बैंकहरुमा चेक लिनको लागि समय लाग्छ, । कतिपय ठाउँमा जुन शाखा हो त्यही गएपछि मात्रै चेक बुक पाइन्छ । कतिपय व्यक्तिहरुको एटीएम कार्ड बिग्रिएको हुन्छ । यस कारण भनेजस्तो सजिलै जुनसुकै बैंकबाट काम हुँदैन । बुधबार बाट कतिपय व्यबसाय र उद्योगहरुले समेत संचालन गर्ने प्रयास गरेका छन् । उनीहरुकौ बैंकमा काम परिरहन्छ । तर यस्तो अबस्थामा ट्राफिकलाई रोक्ने आदेश कहाँबाट आउँछ ? एकातिर सरकार भन्छ लकडाउन खुकुलो छ, अर्कोतिर ट्राफिक भन्छ खुकुलो छैन । यसरी सम्भव होला र ?


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]