June 2nd, 2020

महासंघद्धारा कर तिर्ने म्याद असार मसान्तसम्म सार्न सरकारलाई पत्राचार

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने म्याद असार मसान्तसम्म सार्न सरकारलाई पत्राचार गरेको छ । महासंघले राजस्व सचिव रामशरण पुडासैनीमार्फत पत्र पठाएर कर तिर्ने मिति सार्न माग गरेको हो । २०७६ चैत्र ११ गतेदेखि लगातार लकडाउन भएका कारण अति आवश्यक केही बाहेक अन्य सबै उद्योग, व्यापार, व्यवसाय ठप्प प्रायः रहेको उल्लेख गर्दै तत्काल कर तिर्न नसकिने उल्लेख गरेको छ । महासंघले कर विवरण हाल बुझाउन कठिन भएको भन्दै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण, तथा कर बुझाउने म्याद २०७७ असार मसान्तसम्म थप गर्न अनुरोध गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]