राष्ट्र बैंकद्धारा सहुलीयत कर्जा (पुनरकर्जा) वितरणको मस्यौदा तयार (पूर्ण पाठसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको मस्यौदा तयार गरेको छ । सौ सो मस्यौदा माथि सुझाव मागेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी मस्यौदालाई पारीत गर्नु अघि के के कुराहरु थपघट गर्न सकिन्छ भनेर सुझाव माग गरेको छ । साथै राष्ट्र बैंकले कोरोना सन्त्रासका बेला अर्थतन्त्रमा पर्न गएको प्रभाव र यसलाई कसरी उकास्ने भन्नेबारे पनि राय पेश गर्न भनेको छ । सूचना प्रकाशित मितिले १५ दिनभित्र राय सुझावहरु पेश गर्न बैंकवित्त, व्यबसायी उद्यमी तथा अन्य सरोकारवाला सबैलाई अनुरोध गरेको छ । राष्ट्र बैंकद्धारा तयार पारीएको मस्यौदामा राष्ट्र बैंकले बैंकिङ पुनरकर्जा प्राप्तीको मापदण्ड बनाएको छ । राष्ट्र बैंकले लगातार ३ वर्षदेखि २० प्रतिशत वा सो भन्दा बढी नाफा गरेका उद्योग तथा व्यवसायलाई पुनरकर्जा नदिने भएको हो । राष्ट्र बैंकले पुनरकर्जाको कार्यविधि २०७७ जारी गर्दे नयाँ मापदण्ड तोकेको हो । त्यसैगरी राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको रुपमा ५ लाखसम्मको कर्जा सुविधा भित्र प्रदान गरिने पुनरकर्जालाई जनाएको छ ।

nrb aaaaaaa