June 1st, 2020

कृषि, घरेलु तथा मझौला उद्योगले ५ प्रतिशत व्याजमै कर्जा पाउने

बैंकिङ खबर । कृषि, घरेलु तथा मझौला उद्योगले पनि कोरोना प्रभावित व्यबसाय अन्तरगत नै ५ प्रतिशत व्याजमा कर्जा पाउने भएका छन् । सरकारले घोषणा गरेको बजेटलाई आधार बनाएर नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषको आकार १ खर्ब बनाउँदै छ । सोही कोष मार्फत कृषि, घरेलु तथा मझौला उद्योगले सहुलीयत कर्जा पाउने छन् । सरकारले कोरोना प्रभावित व्यबसायका रुपमा पर्यटन व्यबसायलाई राखेको छ । बजेटले कृषि, घरेलु तथा मझौला उद्योगलाई पनि सोही अनुसारको सुविधा दिने भएको हो । सो कार्य नयाँ आर्थिक बर्षसँगै लागु हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]