June 1st, 2020

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न, देवःविकास बैंक प्राप्तिको प्रस्ताव पारित

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा यही जेष्ठ १९, गते बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्धारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ । कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवःविकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन सम्पन्न भएको छ ।
उक्त प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९हुनेछ । यस विशेष साधारण सभा मार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायमहुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।
यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बनगरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो । यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताकालागी शेयरधनीहरुलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद व्यक्त गर्नुभयो ।
बैंकको आन्तरिक वित्तिय, मानवश्रोत, प्राविधिकएवं अन्य क्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंग तथा वित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]