May 31st, 2020

सहयोगी विकास बैंकले वार्षिक साधारण सभा आह्वान ग-यो

बैंकिङ खबर ।  सहयोगी विकास बैंककोे १६ औं वार्षिक साधारण सभा २०७७ साल जेष्ठ २४ गते शनिवारका दिन दिनको २ः०० बजे बैंकको केन्द्रीय कार्यालय, जनकपुरको हातामा आयोजना हुने भएको छ । २०७६ साल चैत्र १० गते सम्पन्न गर्ने भनिएको वार्षिक साधारण सभा नेपाल सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित भएको थियो । अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्फत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्फत पनि संचालक एवं शेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको व्यहोरा प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्काले जानकारी दिनु भयो । आफ्ना शेयरधनीहरुलाई वर्तमान अवस्थाको मुल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्फत सभामा सहभागिता जनाउन बैंकले आह्वान समेत गरेको छ । प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभयो । डिजिटल प्रविधि मार्फत सहभागी हुन चाहने इच्छुक आफ्ना शेयरधनीहरुलाई सभा सञ्चालन हुनु भन्दा २४ घण्टा अगाडी मोबाइल नं ९८५४०२८९७२ वा ९८४४०५३४०० मा सम्पर्क गर्न अनुरोध गरीएको छ । यो १६ औं वार्षिक साधारण सभाले सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनल लि.संग बिलय हुने प्रस्ताव गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]