Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रोमर मर्चेन्ट बैंकर अब प्रभु क्यापिटलको नामबाट

२०७३ श्रावण २ गते

Prabhu-Capitalग्रोमर मर्चेन्ट बैंकर लिमिटेडले आइतबारदेखि प्रभु क्यापिटलको नामबाट कारोबार सुरु गरेको छ । ग्रोमर मर्चेन्ट प्रभु समूहले किनेपछि नाम परिवर्तन गरेको हो । प्रभु क्यापिटलको आइतबार प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे । 

ग्रोमर हुँदा दरबारमार्गमा रहेको कम्पनीको कार्यालय समेत कमलादीमा सरेको छ । अध्यक्ष भट्टचनले कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे । यो कम्पनीले गत वर्ष २० प्रतिशत नगद लाभांश दिएको थियो ।