July 17th, 2016

मेगा बैंकको हकप्रद भर्न साउन ९ गतेसम्ममा शेयर किनिसक्नुपर्ने 

mega bankयहि साउन ९ गतेसम्ममा शेयर किनिसक्नेले मात्रै मेगा बैंकले जारी गरेको हकप्रद शेयरका लागि आवेलन दिन पाउने भएका छन् । बैंकले साउन १० गतेदेखि शेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । 

मेगा बैंकले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २५ करोड रुपैयाँ रहेकोमा हकप्रद सेयर निष्काशनपछि ४ अर्ब ५ करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ । 

हाल बैंकले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ ।