बैंकिङ खबर । सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने, विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ । बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु यहाँ प्रस्तुत गरिन्छ ।
- सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो
- विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने
- नगदरहित कारोबार बढाउने
- बीमाको दायरा विस्तार गरीने
- घुम्ति बीमा कार्यक्रमबाट कृषि बीमा बढाइने
- नेशनल गेटवेय पेमेन्ट सिस्टम लागु गरिने
- अधिकाँस सरकारी तथा सार्वजनिक रकमको भुक्तानी विद्युतीय माध्यमबाट गरिने
- बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सहजीकरण गरिने
- बैंकवित्तलाई एक अर्कामा गाभ्ने कार्यलाई प्रोत्साहन
- सरकारले कोरोना प्रभावित व्यबसायीहरुलाई लाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । सो का लागि राष्ट्र बैंकमा १ खर्ब रुपैयाँको पुनकर्जा कोष बनाइएको छ । सोही मार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको हो ।
- सरकारले हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था गरेको छ ।


