बैंकिङ खबर । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्दे कोरोनाका कारण रोजगारी गर्न नसक्ने अवस्थामा सिप रुपान्तरण गरी सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
