Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

वाणिज्य बैंकहरुले प्रत्येक शाखाबाट १० जना र विकास बैंकले पाँच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुले प्रत्येक शाखाबाट १० जनालाई सहुलियत ब्याजमा ऋण दिनुपर्ने भएको छ । यस्तै, विकास बैंकले प्रत्येक शाखाबाट पाच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने छ । आज बिहिबार अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकहरुले प्रत्येक शाखाबाट १० जनालाई र विकास बैंकले प्रत्येक शाखाबाट पाच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने उल्लेख गर्नुभएको हो ।