बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र०७८ को बजेट प्रस्तुत गर्दे हुनुहुन्छ । यसैक्रममा अर्थमन्त्री खतिवडाले महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालको समृद्धिको मार्गमा धक्का पुगेको बताउदै बिगतमा खेपेका अन्य कठीनाई जस्तै कोरोनाको प्रभावबाट पनि छिट्टै माथि उठ्ने उल्लेख गर्नुभयो । उहाँले कुशल अर्थतन्त्र निर्माण गर्न बजेटमा नयाँ योजना तथा कार्यक्रमहरु समावेश भएको बताउनुभयो ।
