बैंकिङ खबर । सरकारले राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको ६० अर्ब रुपैयाँ बजेट मार्फत प्रयोगमा ल्याउने भएको छ । उक्त पुनर्कर्जा कोषलाई समेटेर अरु रकम थप गरी कोभिड १९ को असर कम गर्ने आर्थिक प्याकेज ल्याइने तयारी गरिएको छ । उक्त कोषलाई १ खर्बको बनाइने छ । यो कोषबाट ऋणमा सहुलियत दिइने छ । बजेटमार्फत सरकारले अर्को थप १ खर्ब बराबरको कोष घोषणा गर्ने छ । पुनर्कर्जा कोष र नयाँ कोभिड कोष गरी करिव २ खर्ब रुपैयाँ कोभिड पछि सहुलीयत कर्जामा लैजाने तयारी छ । कोभिड १९ को असर कम गर्नेगरी आर्थिक राहतको प्याकेज ल्याउने तयारी छ । उक्त रकम कृषि तथा रोगजारीका लागि खर्च गरिने जनाइएको छ । त्यसैगरी पुनर्कर्जा कोषलाई साना तथा लघु र मझौला उद्योगीहरुलाई समेत समेटीने छ ।
