Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजेटको तयारी सकियो, बजेटमा समेटिएका मुख्य १७ बुँदाहरु

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । आगामी आबको बजेट आज सार्वजनिक हुँदै छ । बजेटको तयारी सकिएको छ । बजेटले स्वास्थ्य, कृषि, उत्पादन र रोजगारलाई महत्व दिएको अर्थमन्त्रालयका एक अधिकारीले बताएका छन् । बजेटले प्रधानमन्त्री रोजगारी कार्यक्रम देखि कोरोना तथा लकडाउनका कारण परेको आर्थिक क्षेतिलाई फोकस गरेको बताइएको छ । बजेटले समेटेका मुख्य १७ बुँदा यहाँ प्रस्तुत गरिएको छ । सरकारले राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको ६० अर्ब रुपैयाँ बजेट मार्फत प्रयोगमा ल्याउने भएको छ । उक्त पुनर्कर्जा कोषलाई समेटेर अरु रकम थप गरी कोभिड १९ को असर कम गर्ने आर्थिक प्याकेज ल्याइने तयारी गरिएको छ । उक्त कोषलाई १ खर्बको बनाइने छ । यो कोषबाट ऋणमा सहुलियत दिइने छ । बजेटमार्फत सरकारले अर्को थप १ खर्ब बराबरको कोष घोषणा गर्ने छ । पुनर्कर्जा कोष र नयाँ कोभिड कोष गरी करिव २ खर्ब रुपैयाँ कोभिड पछि सहुलीयत कर्जामा लैजाने तयारी छ । कोभिड १९ को असर कम गर्नेगरी आर्थिक राहतको प्याकेज ल्याउने तयारी छ । उक्त रकम कृषि तथा रोगजारीका लागि खर्च गरिने जनाइएको छ । त्यसैगरी पुनर्कर्जा कोषलाई साना तथा लघु र मझौला उद्योगीहरुलाई समेत समेटीने छ । 

  • स्थानीय तहमा स्वास्थ्य पूर्वाधार तयार गर्नका लागि बजेट छुट्याइने ।
  • प्रदेश अस्पताल र क्षेत्रीय अस्पतालको स्तरोन्नति गरिने ।
  • सार्वजनिक स्वास्थ्य सुधारका लागि आवश्यक जनशक्ति थप गरिने ।
  • रोजगारी गुमाएकाहरुलाई रोजगारी मुलक कार्यक्रम घोषणा गरिने ।
  • कृषिको व्यवसायीकरणका लागि केही नयाँ नीति सहित सहुलियत कर्जाको व्यवस्था गरिने ।
  • भूमि बैंक, करार खेती र सहकारीमार्फत खेती गर्नका लागि उपकरण भन्सार सहुलियत दिइने ।
  • किसानले उत्पादन गरेको कृषि वस्तुको मूल्य निर्धारण गरिने ।
  • श्रम बैंकको घोषणा हुने ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन हुने ।
  • बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेट्ने ।
  • आगामी वर्ष १५ लाख नयाँ रोजगारी सिर्जना गरीने ।
  • सुर्तीजन्य तथा मदिरा जन्य बस्तुको कर बढ्ने ।
  • विदेशबाट आयातीत बस्तुको कर बृद्धि गरिने ।
  • सामाजिक सुरक्षा भत्ताको स्वरुप परिवर्तनज हुने छ ।
  • सरकारी कर्मचारीको तलब बृद्धि नहुने ।
  • स्वास्थ्य, कृषि र रोजगारलाई उच्च प्राथमिकतामा राखिने ।
  • राष्ट्र बैंकमा रहेको पुनर्कर्जा कोषलाई पनि कोरोना प्रभावितलाई आर्थिक प्याकेजमा समेटीने
Ad