Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाली भुभागमा भारतीय वित्तीय संस्थाको यस्तो रजाइँ !

admin २०७३ श्रावण २ गते
सेयर:

coinनेपालमा संख्यात्मक हिसाबले हेर्दा बैंक तथा वित्तीय संस्थाहरु आवश्यकताभन्दा बढी भइसकेको विज्ञहरु बताउँछन् । तर, ती संस्थाहरु सहरमुखी र सुगममुखी हुँदा ग्रामीण तथा दुर्गम भेगका मानिसहरु अझै पनि पैसाको कारोबारको लागि परम्परागत शैली नै अपनाउँछन् । यो सबैलाई थाहा भएकै कुरा हो । तर, कतिपय क्षेत्रका मानिसहरु वित्तीय कारोबारकै लागि भारतीय बैंकहरुको भर पर्ने गरेका छन् भन्दा तपाइँलाई अपत्यारिलो लाग्न सक्छ । हो, सीमावर्ती क्षेत्रका ग्रामीण भेगका मानिसहरुले भारतीय बैंकबाट वित्तीय कारोबार गर्ने गरेका छन् । 

नेपालगन्ज जिल्लाको ९ गाविस रहेको राप्तीपारीको बघौडा क्षेत्रका वासिन्दा वित्तीय कारोबारका लागि भारतीय वित्तीय संस्थाको भर पर्ने गरेका छन् । जिल्लाका सहरी र सुगम क्षेत्रमा थुप्रै बैंक तथा वित्तीय संस्थाहरु पुगेको भएतापनि सो भेगमा कुनै वित्तीय संस्था नहुँदा त्यस क्षेत्रका बासिन्दा सानो बचत तथा आर्थिक कारोबारका लागि पनि भारतीय बैंक तथा वित्तीय संस्थाको मुख ताक्न बाध्य छन् । तरकारी किन्नदेखि, बिरामी हुँदा उपचार गर्नदेखि आवश्यकताका सम्पूर्ण सामान खरिद गर्न भारतीय बजारको भर पर्नुपर्ने तथा बचत जम्मा गर्न पनि भारतीय वित्तीय संस्थामा जानुपर्ने बाध्यताले नेपाली पुँजी भारत पलायन भइरहेको छ ।

बघौडा क्षेत्र नेपालगन्जबाट करिब ३५ किलो मिटर दूरीमा रहेको छ जहाँ वित्तीय कारोबार गर्ने कुनै निकाय छैनन् । ग्रामीण भेगमा क्षेत्र विस्तार गरेको दाबी गर्ने वित्तीय संस्थाले पनि कोहलपुर र खजुरा क्षेत्र बाहेक अन्यत्र जान सकेका छैनन् । गाउँतर्फ जानै नचाहने बैंक सञ्चालकहरूले कृषकलाई पूरै उपेक्षा गर्ने गरेको स्थानीयको गुनासो छ । 

नेपालको पैसा भारतको बैंकमा राख्दा कतिपयले जोखिम उठाउनु परेको छ । भारतमा खुलेका सहकारी संस्थाले गाउँमै आएर पैसा उठाउँने गरेका छन् । सीमापारीका वित्तीय संस्थाका कतिपय दलालले नेपालमै आएर पैसा उठाउने तर पछि फिर्ता नदिनेसमेत गरेका छन् । यसररी भारतीय वित्तीय संस्थामा रकम जम्मा गरेका धेरै नेपालीको पैसा डुबेको छ । भारतमा पैसा जम्मा गर्न जाँदा कतिपयले त सुरक्षाकर्मीको दुव्र्यवहार समेत खेप्नुपरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।