प्राइम कमर्सिलय बैंक लिमिटेडका कर्मचारीको तलब २५ देखि ४५ प्रतिशतसम्म बढ्ने भएको छ । सेवा सुविधा बढाउने विषयमा आन्दोलनमा रहेका कर्मचारी र बैंक व्यवस्थापन पक्षबीच सपोर्ट स्तरका कर्मचारीको ४५ प्रतिसतसम्म र अधिकृत स्तरमा २५ प्रतिसत तलब बढाउने सहमति भएको हो । असिस्टेन्ट स्तरका कर्मचारीको तबल ३५ प्रतिसतसम्म बढाउन व्यवस्थापन सहमत भएको बताइएको छ ।
कर्मचारी र व्यवस्थापनबीच सेवा सुविधा बृद्धिमा सहमति भएपछि कर्मचारी आन्दोलन पनि टुंगिएको कर्मचारी संघका अधिकारीहरुले जनाएका छन् । वार्तामा संघका पदाधिकारी र बैंक व्यवस्थापनबाट महाप्रबन्धक तथा उपमहाप्रबन्धक सहभागि भएका थिए ।




